लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले बाेलायाे एजिएम

-



     सफल आवाज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ मङ्सिर । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश पारित गर्न सातौँ वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश पारित गर्न सभा डाकेकाे हाे ।

साधारण सभा मंसिर २६ गते, होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजेदेखि बाेलाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र त्यसकाे कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांश वितरण काे प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ। यस्तै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने जनाएकाे छ। सभामा भाग लिन र वितरण गरिने लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले मंसिर ११ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।