सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजकाे मिति तय गरेका छन्।

सोल्टी होटल

सोल्टी होटलले शुक्रबार मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ । साहस उर्जाले बिहिबार मंसिर ५ गते बुकक्लोजकाे मिति तय गरेकाे छ । सभा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।

सोल्टी होटलले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकासहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि मंसिर २८ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, सुन्धारामा ५१ औँ वार्षिक साधारण सभा बिहान १० बजे बाेलाएकाे छ।

साहस उर्जा

साहस उर्जाले मंसिर २४ गते, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे बाेलाइएकाे छ ।

सभामा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने भएकाे छ।

सभाले गत आर्थिक वर्ष अनुमाेदन गरिएकाे शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरेर बोनस शेयर वितरणपछि १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।