
पाेखरा, ७ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको आइतवारदेखि ३९ औँ खेलकुद सप्ताह सुरु भएको छ ।
पोखरा रङ्गाशालामा सम्पन्न भएको उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूले मार्चपास, पि.टी. प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।
पहिलो दिनमा छात्र छात्रा लङ जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका छन् ।
यस खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस विधामा प्रतिस्पर्धा गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।









पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




