
काठमाडौं, ९ मङ्सिर । सिक्लेस हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । यसका लागि कम्पनीले साधारण सभाकाे मिति तय गरेकाे छ ।
शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश र बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीकाे २० औँ साधारण सभाकाे मिति मंसिर २९ गते तय गरिएकाे छ । सभा आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे बाेलाइएकाे छ।
सभामा १५ प्रतिशत बोनस शेयर, कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश तथा बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद जारी गर्नका लागि साे कार्य गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिने, सञ्चालकहरुकाे चयन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १८ गते बुकक्लोज गर्ने जनाएकाे छ। शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनका लागि मंसिर १७ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




