
काठमाडौं १४ मङ्सिर । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश अनुमाेदन गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश प्रस्ताव अनुमाेदन गर्न सभा बाेलाएकाे हाे ।
बैंककाे एक्काइसौँ वार्षिक साधारण सभा आउने पुस ७ गते अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ।
सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।
यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ। शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि मंसिर २२ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




