
काठमाडौं, २९ मङ्सिर। सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि शेयर निष्काशन गरेकाे थियाे ।
बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशनकाे अनुमति पाएको थियो। यसबाट १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको १ लाख ७२ हजार ३८८ कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ । प्रतिकित्ता भाउ रुपैयाँ १०० रहेकाे छ ।
लगानीकर्ताहरुले मंसिर २९ गतेसम्म आवेदन दिन पाउने छन्। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा पुस १० गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




