सिक्लेस हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सिक्लेस हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरिएकाे हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गिरएकाे हाे । समायाेजनपछी शेयरमूल्य ५७३ रुपैयाँ ९१ पैसा कायम भएको छ।

नेप्सेले नयाँ शेयरमूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको हो। बुधबार कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब समायोजन गरिएकाे नयाँ मूल्यकाे आधारमा आइतबारबाट शेयर कारोबार हुनेछ ।

कम्पनीकाे २० औँ र २१ औँ वार्षिक साधारण सभा मंसिर २९ गते आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे बाेलाइएकाे छ।

सभाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गरिनेछ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद जारी गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समिति चयन गर्ने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।