भारतबाट प्राप्त कोभिड विरुद्धको १० लाख डाेज खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

-



     सफल आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ माघ । भारत सरकारले नेपालका लागि अनुदानमा पठाएको कोरोनाभाइरस विरुद्धको १० लाख डाेज खोप आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरीएको छ ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट अनुदानमा प्राप्त भएकाे कोभिड १९ विरुद्धको खोप उपहारकाे रूपमा हस्तान्तरण गरेका हुन ।

नेपालमा आएको कोभिड १९ विरुद्धको पहिलो चरणको खोप शुरूमा कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिहरू, सरसफाईकर्मि, एम्वुलेन्स चालक, सुरक्षाकर्मि, शव व्यवस्थापनमा खटिनेहरु र बाँकी रहेको खाेप जोखिममा रहेकाहरुको लागि लगाईने सरकारले बताएको छ ।

सरकारले ७२ प्रतिशत जनताकाे लागि खाेप लगाउने बताइसकेकाे छ । अनुदान बाहेक सरकारले अन्य खाेप खरिद प्रक्रियाबाट ल्याइने जानकारी गराएकाे छ ।