
काठमाडौं, १ पुस । रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ बाँडफाँट सम्पम्म भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। ४६ कित्ता शेयर थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यसमा २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले शेयर प्राप्त गरे ।
रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने र राेजगार दिने नेपालकाे ठूलो उद्योगको हाे। यसकाे उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका देशहरुमा निर्यात भइरहेकाे छ ।
कम्पनीका नयाँ अध्यक्ष अक्षय गोल्याण रहेका छन् । उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ । शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४ दुहाबि, सुनसरीमा रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




