
काठमाडौं, ७ पुस । रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणका लागि पुस ७ गते साेमबार आजदेखिदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओको खुलापछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेकाे छ । बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता निष्काशन गर्ने भएकाे हो। प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा छ। लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।
लगानी गर्न चाहने लगानीकर्ताले घटीमा ५० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे अवधिसम्म पूरा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन पाइने छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा स्थापित सबैभन्दा ठूलो उद्योग हाे। यसले उत्पादनको ७५ प्रतिशत बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकहरुमा निर्यात गरिरहेकाे छ।
हाल कम्पनीले नेतृत्वकाे जिम्मेवारी अक्षय गोल्याणलाई सुम्पेकाे छ । यसअघि कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण रहेकाे थिए । अक्षय प्रबन्ध सञ्चालक थिए । कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ । शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४ दुहाबि, सुनसरीमा रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




