समता घरेलु र जीवन विकास लघुवित्तकाे लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ मङ्सिर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

लघुवित्तले हाल कायम रहेकाे चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संस्थाकाे मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जनाइएकाे छ ।यसमा १४ प्रतिशत बोनस शेयर रहेको छ । ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि रहेको छ।

लघुवित्तकाे सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर लघुवित्तकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ।