प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा

-



     सफल आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

इन्स्योरेन्सका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गरिनेछ । यसमा ४ प्रतिशत बोनस शेयर रहेको छ । कर प्रयाेजनका लागि ४.४२१ प्रतिशत नगद लाभांश रहेकाे छ।

इन्स्योरेन्सकाे पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साे लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि तथा कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।