पाँचाै दिन नेप्सेमा गिरावट, साढे ४ अर्बकाे काराेबार

-



     सफल आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ पुस । साताकाे शेयर काराेबार हुने पाँचाै दिन बिहीबार नेप्सेमा गिरावट भएकाे छ । निरन्तर तीन बढेर काराेबार भएकाेमा यसदिन बजार घटेको छ ।

नेप्से परिसूचक १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.७० अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेको छ ।

यसदिन २५९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । बुधबार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको शेयर काराेबार भएकाे थियो ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिन्धु विकास बैंकको शेयरमूल्य ९.५६ प्रतिशत बढी बढेको छ । बाराही हाईड्रोपावरको शेयर ४.७६ प्रतिशतले घटेकाे छ ।

कारोबारकाे आधारमा बाराही हाइड्रोपावर अगाडी रहेकाे छ। कम्पनीको २४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ भएकाे छ । बुटवल पावरको १६ करोडकाे काराेबार भएकाे छ ।