सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ पुस । सिटिजन्स क्यापिटल लिमिटेडकाे सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई पुस ४ गतेदेखि खरिदका लागि आवेदन खुला गरिएकाे थियाे ।

सिटिजन्स क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएकाे हाे ।

यसमा न्यूनतम १ करोड ५० लाख इकाई कोषकाे प्रबर्द्धक रहेकाे सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित राखिएकाे छ। सर्वसाधारणले ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।

यस योजनामा घटीमा १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिने छ। इकाईमा पुस ८ गतेसम्म आवेदन दिन सकिने छ। ताेकिएकाे अविधमा पुरा इकाई बिक्री नभएमा पुस १८ गतेसम्म आवेदन दिन पाइनेछ ।

याेजनाकाे अवधि १० वर्षकाे रहेकाे छ । यसमा लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सि आस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइने सुविधा रहेकाे छ।