यी तीन कम्पनीहरुकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ पुस । यी तीन ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल्सकाे लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन बाँकी रहेकाे हो।

यी पाँचै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमाबार पुस ७ गते बुकक्लोज गर्ने बताएका छन्। त्यसैले शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम हुने शेयरधनीहरु साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनेछन्।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंककाे चौबीसौँ साधारण सभा पुस २१ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई, आवश्यक जग्गा वा भवन खरिद गर्ने, ६ जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक चयन गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते २६ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे बाेलाइएकाे छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६.०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, ३ जना सञ्चालकहरुको चयन गर्ने, लेखापरीक्षक नियुक्त लगायतका प्रस्तावहरु अनमाेदन गरिनेछ ।

तारागाउँ रिजेन्सी होटल्स

तारागाउँ रिजेन्सी होटल्सकाे २९ औँ वार्षिक साधारण सभा पुस २३ गते, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ।

सभाबा६ ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।