५६ अर्बको आईपीओ निष्काशन गर्न ८४ कम्पनी पाइपलाइनमा

-



     सफल आवाज    
     पौष ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ पुस । विभिन्न ८४ वटा कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि पाइपलाइनमा रहेका छन् । ति कम्पनीहरुमा जलविद्युत र उत्पादनमूलक क्षेत्रका रहेका छन् ।

नेपालबाट भारत र बंगलादेशमा विद्युत निर्यात हुन थालेपछि दगानीकर्ताहरु जलविद्युत उत्पादनतर्फ माेडिएका छन् । उनीहरुमा बढी कम्पनीहरु जलविद्युत कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि पाइपलाइनमा रहेका छन्।

सेबाेनकाे सूची अनुसार ८४ वटा कम्पनीहरुमध्ये पाइपलाइनमा धेरै जलविद्युत क्षेत्रका रहेका छन् । अर्थात जलविद्युत क्षेत्रका ३८ वटा कम्पनीहरु आईपीओ निष्काशन गर्नका लागि तयारीमा रहेका छन् ।

२१ वटा कम्पनीहरु हाइड्राेपछि दोस्रो धेरै आईपीओ निष्काशनका तयारीमा रहेका छन् । उनीहरु उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी हुन् । आईपीओ खुलाउने पाइपलाइनमा रहेका अन्य कम्पनीहरुमा होटल तथा पर्यटन क्षेत्रबाट ७ वटा छन् । लगानी समूहबाट ४, लघु बीमा क्षेत्रमा ३ र अन्य क्षेत्रबाट ११ वटा गरेर कुल ८४ वटा कम्पनी आईपीओ निष्काशनकाे पाइपलाइनमा रहेका छन् ।

यी ८४ वटा कम्पनीहरुले ५६ अर्ब १८ करोड ४० लाख २९ हजार ३ सय ६१ रुपैयाँ बराबरको ३९ करोड ६९ लाख ४३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नका लागि सेबाेनमा आवेदन दिएका छन्।