
काठमाडौं, २० पुस । सालपा विकास बैंकले पुस १६ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेकाे हाे ।
बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने अनुमति लिएकाे थियाे । यसमा पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेकाे छ। ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएकाे छ।
यस दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुका लागि सुरक्षित गरेकाे छ । बाँकी रहेकाे १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता सर्वसाधारणका लागि खुलाएकाे हाे ।
लगानिकर्ताले पुस २० गते आजसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा पुस ३० गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




