नेप्से सामान्य अंकले बढ्यो, ३ अर्ब ४२ करोडकाे काराेबार

-



     सफल आवाज    
     पौष ८ गते २०८२ मा प्रकाशित



काठमाडौं, ८ पुस । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्से सामान्य अंकले बढेकाे छ । नेप्सेमा गएका तीन दिन गिरावट भएकाे बनजारमा यसदिन सामान्य अंककाे बृद्धि भएकाे हाे ।

नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.१२ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ।

कारोबार रकममा केही कमि भएकाे छ । सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयरकाे काराेबार भएकाेमा यसदिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारबाट ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ।

एसवाई प्यानल नेपालको शेयरमूल्य ७.०१ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले बढेको छ र सयपत्री हाइड्रोपावर अनि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.९७ प्रतिशत घटेको छ।

कारोबारकाे आधारमा एसवाई प्यानल नेपाल अगाडी रहेको छ। कम्पनीको ३० करोड ९८ लाख रुपैयाँबराबरको काराेबार भएको छ। सागर डिष्टिलरीको साढे ८ करोड बढीको शेयर कारोबार भएको छ । सिईडिबी होल्डिङ्गसको कारोबार रकम ७ करोड रुपैयाँ बढी भएकाे छ।

१३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी रहेका ६ उपसमूहमा राताे लागेकाे छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। ६ उपसमूहहरुको वृद्धि सामान्य भएकाे छ। विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य तवरले बढेकाे नेप्सेले जनाएकाे छ।