
नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब निक्षेप खिच्न लागेकाे छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत साे रकम संकलन गर्न लागेकाे हाे ।
राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७५ खर्ब बढी पुगेको छ । वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाबाट तरलता संकलन गर्दै आएको छ ।
यसका लागि राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने भएका छन् । यसमा बोल गरेकाे ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकतामा रहनेछ । साेहि आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने जनाइएकाे छ ।
निक्षेप चुलिएकाे हुँदा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुँदैछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने भएकाे छ । बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले बताएकाे छ ।
यसमा बोल गर्न सकिने रकम घटीमा रु १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने जनाइएकाे छ ।
निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




