
काठमाडौं, १६ पुस । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङसी होङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेमा खुशी प्रकट गर्दै यसबाट नेपाल–चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको महावाणिज्य दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
उहाँहरूबीच दुई देशबीचका सबै सीमानाकालाई व्यवस्थित गर्ने, नाकामा हुने आयातनिर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था बलियो बनाउने भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




