बुधबार पनि सुनचाँदीको भाउमा गिरावट

-



     सफल आवाज    
     पौष १६ गते २०८२ मा प्रकाशित



काठमाडौं १६ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट भएको छ । सुनको भाउ एकै दिन प्रतितोला एक हजार १०० रुपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १२० रुपैयाँले घटेको छ। सुन र चाँदीमा निरन्तर दोस्रो दिन पनि गिरावट भएको हाे ।

आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको भाउ प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन एकैपटक सुनकाे भाउ ७ हजार ९०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।