यी ६ कम्पनीहरुकाे शेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     पौष १७ गते २०८२ मा प्रकाशित



काठमाडौं, १७ पुस । आज ६ वटा कम्पनीहरुको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ।

नेप्सेका अनुसार बिहिबार नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएकाे हाे ।

सबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणका प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेमा मूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे ।

अब साेहि समायोजन गरिएकाे मूल्यका आधारमा आज दोस्रो बजारमा शेयर कारोबार हुनेछ।