
काठमाडौं, २४ पुस । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि एफपीओ खुलाएकाे हाे ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी रहेकाे लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ थियो। सोही रेसियाेमा एफपीओ निष्काशन गरिएकाे हाे ।
लघुवित्तका अनुसार ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरिएकाे हाे ।
लगानिका लागि पुस २४ गते आजसम्म आवेदन दिन पाइनेछ । पूरा आवेदन नपरेकाे खण्डमा ढिलोमा भने माघ ५ गतेसम्म अवधि ताेकिएकाे छ। सर्वसाधारण लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




