चिन्ताः धनी मुलुकमा ३ करोड ९० लाख बढी, अविकसित मुलुकमा केवल २५ खोप लगाइयो

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



पेचिङ, ११ माघ । नयाँ कोरोना भाइरस खोप विश्वका लागि एक उत्साहजनक कुरा हो। तापनि यस खोपको प्रयोगमा गरिबी र धनीबीचको भिन्नता नै समस्या रहेको छ।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टान देसाईले जानकारी दिएअनुसार ४९ वटा धनी मुलुकमा ३ करोड ९० लाखभन्दा बढी खोप लगाइएको छ। तर अविकसित मुलुकमा केवल २५ खोप लगाइयो। गुयनामा राष्ट्रपति लगायत केवल २५ जनताले खोप लगाएका छन्। जसबाट हेर्दा यो संसार नैतिकता हराएको विनाशकारी दुर्घटनाको नजिक पुगेको भन्दै महाप्रबन्धकले चिन्ता प्रकट गर्नुभएको छ। उहाँको चिन्ता विश्वको साझा चिन्ता हुनुपर्छ।

केही पश्चिमा मुलुकले खोप किन्न र भण्डारण गर्नेबारे धारणा व्यक्त गरिरहेका छन्। लाभहानीमा जोड दिने केही पश्चिमा मुलुकका खोप उत्पादन व्यवसायहरुले प्राथमिकतामा धनी मुलुकहरूलाई उच्च मूल्यमा खोप बेचेका छन्। जसले बजारलाई जटिल बनाउँदै विश्व स्वास्थ्य संगठनको खोपको खरिदमा बाधा सिर्जना गर्दछ।

मानव जातिले सीमा रहित एकतावद्ध र सहयोगमार्फत विश्वव्यापी फैलिरहेको महामारीको सामना गर्नुपर्छ। यस सम्बन्धमा चीनले सधैं नै सक्रिय गतिविधि चाल्दै आएको छ।

खोपलाई ग्लोबल सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाउने वचनबाट “नयाँ कोरोना भाइरस खोप लागू योजना”मा भाग लिएको र दशभन्दा बढी मुलुकसँग खोपको संयुक्त विकास तथा अनुसन्धान गरेसम्म चीनले मानव स्वास्थ्यको निर्माणका लागि प्रयास गरिरहेको छ।

हालसम्म ४० भन्दा बढी मुलुकले चीनसमक्ष चिनियाँ खोपको आयात गर्न अनुरोध गरेका छन् । टर्की, सेशेल्स, जोर्डन, इन्डोनेसिया लगायत धेरै मुलुकका नेतागणहरुले चिनियाँ खोप लगाएका छन्।

चिनियाँ खोपले किन यस्तो धेरै विश्वास मत पाएको छ?प्रथम त यसको सुरक्षा तथा प्रभाव बढी छ। हालसम्म चिनियाँ खोप लगाएका जनसंख्या १ करोड ५० लाखभन्दा बढी छ। खोपको सुरक्षा र प्रभाव सबै परिक्षणलाई पार गरेको छ। साथै चिनियाँ खोप केवल 2℃ देखि 8℃सम्मको वातावरणमा ढुवानी गर्न सकिन्छ जसले ठूलो परिमाणमा विकासोन्मुख मुलुकको ढुवानी लागतलाई हटाउँछ।

भाइरस विश्वव्यापी रुपमा फैलिँदैछ। कुनै पनि मुलुक यसबाट अलग हुन सक्दैन। विश्वका विभिन्न मुलकुले चीन जस्तै अझ बढी गतिविधिका साथ हातमा हात मिलाएर महामारीको प्रतिरोध गर्नसक्छन, सिआरआइले लेखेको छ ।