शेयर बजार अब सोमबार मात्रै खुल्ने

-



     सफल आवाज    
     पौष २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ पुस । शेयर बजारमा तिन दिन काराेबार बन्द हुने भएकाे छ । लगातार बिदा परेकाे कारण कारोबार नहुने भएको हाे। शुक्रबार शेयर बजारकाे काराेबार हुँदैन । शनिबार हप्ते बिदा र आइतबार सार्वजनिक बिदाकाे कारण अब शेयर बजार पुस २७ गते साेमबार मात्रै खुल्नेछ । 

आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाे कारण शेयर बजार तथा बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू बन्द हुनेछन् ।

बिदाले पूरा गर्न बाँकी रहेका शेयर बजारका काम, बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरूकाे काम साेमबाट हुनेछन् । देशमा निर्वाचनकाे माहाेल अगाडी बढेकाे बेलामा लगानीकर्ताहरु अब साेमबार बजार कस्ताे लयमा जाला त्यसकाे अपेक्षामा रहनेछन् ।