
काठमाडौं, २५ पुस । सालपा विकास बैंकको आईपीओ बाँडफाँट गरिएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट गरिएकाे हो।
बैंकले गएकाे पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर खुलाएकाे थियो।
लगानीकर्ताले २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिद गर्नका लागि आवेदन दिएका थिए। तिमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएका थिए । बाँकी आवेदन रद्द भएका जनाइएकाे छ ।
शेयरमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा बाँडफाँट गरिएको हाे । यसमा १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर पाउका छन्। ९ जना आवेदकले बैंकको थप १ कित्ता गरेर ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




