सिद्धार्थ बैंकको सिइओमा बस्याल नियुक्त

-



     सफल आवाज    
     पौष २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २७ पुस । सिद्धार्थ बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।
उनलाइ सञ्चालक समितिकले पुस २५ गतेदेखि लागू हुनेगरी साे पदमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

बैंकिङ्ग क्षेत्रमा ३५ बढीकाे लामाे अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल
बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए ।

उनले बहुमूल्य अनुभव आर्जन गरि सन्२००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको
रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी व्यापक
अनुभव प्राप्त गरेका छन्। मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन
क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ्ग गर्नुपर्छ भन्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दीगो
वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबूत हुने विश्वास लिएको जनाएकाे छ ।