
काठमाडौं, २८ पुस। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ ।
नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनीको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याउनुभयो । कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
“हामीलाई युरिया मल न्यूनतम पनि सात लाख मेट्रिक टन चाहिन्छ । तर, हामीले तीन लाख मेट्रिक टन पनि ल्याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले जर्मनबाट डिटेल प्रोजेक्ट रिपोर्ट बनाई नेपालमा मल कारखाना सञ्चालन गर्ने भनेर लगानी बोर्डमा जुन प्रस्तावना पेस भएको छ, यसलाई सबैले मिलेर लागू गराउनुपर्छ ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




