
Japan's Prime Minister Sanae Takaichi, right, shakes hands with South Kore's President Lee Jae Myung at the start of their meeting in Nara, western Japan Tuesday, Jan. 13, 2026. (Issei Kato/Pool Photo via AP)
नारा (जापान), २९ पुस । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गर्नुभएको छ । कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् ।
टोकियोले चीनसँग गहिरिँदो व्यापारिक र राजनीतिक विवादको सामना गरिरहेको पृष्ठभूमिमा यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री ताकाइचीले पदभार ग्रहण गरेको केही महिनामै बलियो अनुमोदन मूल्याङ्कन प्राप्त गर्न सफल हुनुभएको छ, यद्यपि उहाँको दलसँग संसद्का दुई सदनमध्ये एउटामा मात्र बहुमत छ । त्यसैले यो शिखर सम्मेलनलाई उहाँका लागि राजनीतिक रूपमा पनि लाभदायक मानिएको छ ।
विश्लेषकहरूका अनुसार आगामी दिनमा थप सिट जित्ने उद्देश्यले उहाँले तुरुन्त चुनावको सम्भावना पनि केलाइरहनुभएको छ । प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई आफ्नै गृहनगर नारामा आतिथ्य दिनुभएको हो । हरिण र शताब्दीयौँ पुराना बौद्ध मन्दिरहरूका कारण चिनिने नारा जापानको प्राचीन राजधानी हो । बुधबार प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई होरु मन्दिरको भ्रमण गराउने कार्यक्रम छ, जहाँ सातौँ शताब्दीको अन्त्य वा आठौँ शताब्दीको सुरुआतताका निर्माण भएका भवनहरू रहेका छन् ।
ती भवनहरू विश्वकै सबैभन्दा पुराना जीवित काठका संरचना मानिन्छन् र कोरियाली प्रायद्वीप हुँदै जापानमा बौद्ध धर्म प्रवेश गरेको ऐतिहासिक सन्दर्भलाई उजागर गर्छन् । सोही दिन राष्ट्रपति लीले जापानमा रहेका दक्षिण कोरियाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




