
वासिङ्टन,३० पुस । इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको सङ्ख्या बढ्दै गएको समाचारहरू आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई संयम अपनाउँदै प्रदर्शनकारीप्रति मानवता देखाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग इरानसम्बन्धी अवस्थाबारे परामर्श गर्नुभयो । उहाँले प्रदर्शनका क्रममा कति नागरिकको ज्यान गएको छ भन्नेबारे अझै आधिकारिक रूपमा पुष्टि भएको तथ्याङ्क प्राप्त नभए पनि घटनाको गम्भीरताप्रति चासो व्यक्त गर्नुभयो ।
समाचार एजेन्सीका अनुसार डिसेम्बर २८ देखि सुरु भएको विरोध प्रदर्शनमा हालसम्म करिब १६ हजार ७ सय मानिस पक्राउ परेका छन् भने दुई हजार ५ सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ती तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ । “सन्देश यही हो कि मानवता देखाइनुपर्छ,” ट्रम्पले इरानी सरकारप्रति सङ्केत गर्दै भन्नुभयो । उहाँले परिस्थितिको शान्तिपूर्ण समाधान हुने अपेक्षा व्यक्त गर्नुभयो ।
यसअघि ट्रम्पले विरोध प्रदर्शनमाथि भइरहेको कडाइका कारण इरानी अधिकारीहरूसँग हुने सम्भावित वार्तामा रोक लगाइएको बताउनुभएका थिए । उहाँले इरानी नागरिकप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको सङ्केत गरेका भए पनि त्यसको स्वरूपबारे विस्तृत जानकारी दिनुभएको छैन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




