
काठमाडौं, ३० पुस । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २९औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए ।
चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी गराउदै अध्यक्ष महर्जनले साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिएका थिए । हाल वित्तीय क्षेत्रमा देखिएका चुनौतिहरुका कारण संस्था अपेक्षित रुपले व्यवसाय वृद्धि गर्न नसकेतापनि अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन, जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरुमा अपेक्षित प्रगति हासिल गरिरहेको पनि जानकारी गराएका थिए ।
कार्यक्रममा बाेल्दै अध्यक्ष महर्जनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरु प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरु कार्यान्वयन गर्दैजाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात स्वीकृत गरेको छ । साथै २०८२/८३का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत नवीनतम प्रविधिहरु उपयोग गरी आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




