भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     माघ १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ माघ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपछि दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि हाे ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलाेमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरिएकाे छ । यसमा बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलाइने भएकाे हाे ।

शेयरमा लगानीकालागि सेबाेनबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।