
काठमाडौं, ९ माघ । नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि निष्काशन गरेकाे सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि निष्काशन गरेकाे सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने समयअवधि माघ १८ गतेसम्म लम्बिएकोमा मागभन्दा बढी आवेदन परेपछि सूचना निकालेर निष्काशन बन्द गरिएकाे हो।
याेजनाकाे प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । याे नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी प्रकृतिको योजना रहेकाे छ ।
कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई अथवा २ करोड ४० लाख इकाईबाट १४ प्रतिशतले २ करोड २४ लाख इकाई कोषकाे प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि रहेकाे छ । १ प्रतिशतले १६ लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरीएकाे छ ।
यसमा बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणका लाग बिक्रीमा ल्याइएकाे हाे । यस याेजनामा घटीमा १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाइने भएकाे छ।
योजनामा माघ ८ गतेसम्म आवेदन दिन पाइनेछ। साे अवधिमा पूरा इकाई बिक्री नभएमा माघ १८ गतेसम्म आवेदन दिन सकिने जनाइएकाे छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




