आज शेयर बजारमा काराेबार नहुने

-



     सफल आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ माघ । आज साेमबार नेपाली शेयर बजारमा काराेबार नहुने भएकाे छ । सरकारले यसदिन यसदिन सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएकाे कारण शेयर बजारमा काराेबार नहुने भएकाे हाे ।

बिदाका कारण यसदिन बन्द भएकाे शेयर बजारकाे काराेबार भाेलि खुल्लन हुनेछ। गएकाे हप्तामा पनि शेयर बजारकाे काराेबार तीन दिन खुलेकाे थियाे ।

नेप्सेका अनुसार यसअघिकाे काराेबारमा आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको थियो। काराेबार करिब साढे ८ अर्बको भएकाे थियो।