कामना सेवा विकास बैंकको नाफा २२.३४ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ माघ । कामना सेवा विकास बैंककाे नाफामा सामान्य बृद्धि भएकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको छ।

पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २२.३४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशतले बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशतले तथा सञ्चालन मुनाफा २०.९१ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१.२५ प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशत रहेकाे छ। इम्पेरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रहेकाे छ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसा रहेकाे छ। मूल्य आम्दानी रेसियाे २२.१७ गुणा रहेकाे छ । नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।

बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ रहेकाे छ । चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेकाे छ । दोस्रो त्रैमासको अन्त्यसम्म ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ५२ अर्ब १० करोड ८२ लाख कर्जा प्रवाह गरेको छ।