शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन खुला

-



     सफल आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएकाे हाे ।

कम्पनीले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।

शेयरमा बागलुङकाे बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको २ करोड २२ लाख रु पैयाँ बराबरको २ लाख २२ हजार कित्ता साधारण शेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।

शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले माघ २० गतेसम्म आवेदन दिन पाउनेछन् । साे अवधिमा पूरा आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाहरुले माघ ९ गतेसम्म आवेदन दिन पाइनेछ। सो अवधिसम्म माग अनुसारकाे आवेदन नपरेमा माघ २० गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानिय बासिन्दाले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट स्वीकृति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।