नेप्सेमा ९.२३ अङ्ककाे बृद्धि, ९ अर्ब ७ करोडकाे काराेबार

-



     सफल आवाज    
     माघ ८ गते २०८२ मा प्रकाशित



काठमाडौं, ८ माघ। साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजार उकालाेतिर लागेकाे छ । नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे हाे ।

नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको छ। फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ । सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेको छ।

हिजाे बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा बिहिबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारबाट ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।

एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । रावा इनर्जीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने कालिका पावरको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ। मञ्जुश्री फाइनान्सको करिब ३६ करोड र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर काराेबार भएकाे छ।

१३ उपसमूहमध्ये १० उपसमूहहरुमा हरियाे लागेकाे छ । ३ उपसमूहमा राताे लागेकाे छ। वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ। व्यापार उपसमूहको परिसूचक १.१५ प्रतिशतले घटेको छ।