
कराँची, ९ माघ । पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् । जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो।
घटनाको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् । प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत आठ जनाको पहिचान पुष्टि भइसकेको बताइएको छ । उद्धार र शव पहिचानको कार्य सुस्त गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन् ।
आफ्ना बेपत्ता आफन्तको खोजीमा ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् । प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३५ हजार ७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, मलभित्र रहेका करिब एक हजार २०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि यति ठूलो स्तरको आगलागी दुर्लभ मानिन्छ । प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




