पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ११ गते २०८२ मा प्रकाशित



काठमाडौं, ११ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो शेयर निष्काशन गरेको हो। शेयरमा न्यूनतम १० कित्ता बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।

स्थानियले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।