गुराँस लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

-



     सफल आवाज    
     माघ १२ गते २०८२ मा प्रकाशित



काठमाडौं, १२ माघ । गुराँस लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा बढेको छ। संस्थाकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हाे ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७२.१५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिकाे नाफा १ करोड ५४ लाख थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशत, कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशत तथा सञ्चालन मुनाफा ६७.७७ प्रतिशतले बढेको छ।

इम्पेरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ। १ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा छ।

प्रतिशेयर आम्दानी ५ रुपेयाँ १३ पैसा बढेर ४० रुपैयाँ २२ पैसा कायम भएकाे छ। नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ४७.९८ गुणा छ।

संस्थाकाे चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ छ। यस अवधिमा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख निक्षेप संकलन र सापटीबाट २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ।