अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी

-



     सफल आवाज    
     माघ १२ गते २०८२ मा प्रकाशित



जेनेभा, १२ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले शनिबार अमेरिकाले विश्वव्यापी स्वास्थ्य अनुगमनकारी संस्था (डब्ल्युएचओ)बाट पछि हट्नुपर्ने कारणलाई ‘असत्य’ भन्नुभएको छ।

सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओ प्रमुख टेड्रोसले टिप्पणी गर्नुभयो, “यो कदमले संयुक्त राज्य अमेरिका र विश्वलाई ‘कम सुरक्षित’ बनाउनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा संयुक्त राष्ट्रसङ्घको विशेष निकायबाट औपचारिक रूपमा बाहिरिने कार्यविधिमा हस्ताक्षर गर्नुभएको थियो ।

त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसङ्घले औपचारिक सूचना प्राप्त गरेको थियो । संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार यो फिर्ती सूचना दिएको एक वर्षपछि लागू हुनेछ । डब्लुएचओको धेरै महान उपलब्धिहरूमा संस्थापक सदस्यको रूपमा संयुक्त राज्य अमेरिकाले गरेको योगदानको प्रशंसा गर्दै टेड्रोसले एक्समा गरेको पोस्टमा लेख्नुभएको छ, “दुर्भाग्यवस, डब्ल्यूएचओबाट बाहिरिने अमेरिकाको निर्णयको कारणमा सत्यता छैन ।”

अमेरिकी कदमले अमेरिका र विश्व दुवैलाई सुरक्षित बनाउने र भविष्यमा डब्लुएचओमा सक्रिय सहभागितामा फर्कने आशा व्यक्त गर्नुभयो ।