सुनचाँदीको भाउमा लगातार नयाँ रेकर्ड

-



     सफल आवाज    
     माघ १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, १३ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउले पेरि नयाँ रेकर्ड बनाएकाे छ । बितेका चार दिनदेखि सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्दै आएकाे छ ।

आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबार सुन ताेलाकाे ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे हाे । आज चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।