होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     माघ २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीका अनुसार ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ४ लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेकाे छ।

कम्पनीले यस दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ दरले ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाइएकाे छ ।

शेयरमा घटीमा १० कित्ताका लागि आवेदन दिन सकिनेछ । बढीमा २ लाख कित्ताका लागि आवेदन दिन पाइने छ। यसका लागि माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ।

शेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट रमेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।