ग्लोबल आइएमई बैंकको नाफामा ६.५० प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ माघ । ग्लोबल आइएमई बैंककाे खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको हाे।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घट्दा खुद फि तथा कमिशन आम्दानी भने ९.७४ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत तथा सञ्चालन मुनाफा १.७२ प्रतिशतले बढेको छ। वितरणयोग्य मुनाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेकाे छ।

प्रतिशेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुससम्ममा प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १३.२४ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ रहेकाे छ। बैंकले पुस मसान्तसम्म ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएकाे छ।