
पाेखरा, १६ माघ । पाेखराकाे बुद्धचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डे नियुक्त भएका छन् । सञ्चालक समितिको यही माघ १५ गते वसेको २६६औँ वैठकको निर्णयानुसार पाण्डे वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । उनी २०८२ माघ १८ गते देखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहने बताइएकाे छ ।
बैंकिङ तथा अन्य क्षेत्रमा १८ वर्षको अनुभव भएका उनले २०७२ सालमा जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट लघुवित्त क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए । हाल कालिका लघुवित्त वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारीमा समेत रहेका पाण्डेले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




