
काठमाडौं, १६ माघ। सिद्धार्थ बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएकाे । बैंकको सार्वजनिक भएकाे आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासम्मकाे वित्तीय विवरणअनुसार बैंकले साे नापा कमाएकाे हाे । बैंकले अघिल्लाे आर्थिक वर्षको सोही अवधिमा रु ५३ करोड खुद नाफा कमाएकाे थियो।
सञ्चालन नाफामा बृद्धि भएकाे छ। सञ्चालन नाफा १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जाे अघिल्लो वर्षको सोही अवधिमा रु ७५ करोड ५४ लाख थियाे ।
कुल ब्याज आम्दानी केहि घटेको छ। बैंकको ब्याज आम्दानी १० अर्ब ४३ करोड रुपैयाँमा रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ३१ करोड रुपैयाँ थियो।
बैंकको निष्क्रिय कर्जा रेसियाे ३.४५ प्रतिशत रहेकाे छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा ४.५० प्रतिशत रहेको थियो। नेट एनपिएल घटेर १.०४ प्रतिशत रहेकाे छ। कर्जा नोक्सानी प्रावधान १०७.५८ प्रतिशत भएकाे छ । यसले बैंक सुरक्षित अवस्थामा रहेको मानिएकाे छ। प्रतिशेयर आम्दानी १७.९८ रुपैयाँ रहेकाे छ। नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




