सुनकाे भाउ ताेलामा १८ हजार ८०० रुपैयाँ घट्याे

-



     सफल आवाज    
     माघ १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदी तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ एक हजार ५६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।