स्नो रिभर्स लिमिटेडले पायाे आईपीओ निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     माघ १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ माघ। स्नो रिभर्स लिमिटेडले सेबाेनबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएकाे छ । बोर्डले आइतबार कम्पनीलाई सार्वजनिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको हो।

रिभर्स लिमिटेडले १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि ल्याउनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्नेछ।

अनुमति पाएपछि कम्पनीले शेयर निष्काशनको तयारी सुरु गरेकाे छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुलमउनेछ । पहिलाे चरणमा शेयर बाँडफाँट भएपछि सर्वसाधारणका लागि आवेदन खुलाइने भएकाे छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ।