लाभांश पारित गर्न एशियन लाईफले डाक्याे एजिएम

-



     सफल आवाज    
     माघ १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ माघ । एशियन लाईफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा डाकेकाे छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट घोषणा गरिएकाे प्रस्ताि पारित गर्न साधारण सभा बोलाएको हाे । कम्पनीकाे १८ औं साधारण सभा फागुन ११ गते होटल क्लासिक, सिमरा बारामा बाेलाइएकाे छ ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ२९ गते बुकक्लोज गरिनेछ। यसका लागि माघ २८ गतेसम्म नेप्सेमा कारोबार भएर कायम भएकाे हुनुपर्नेछ ।