
काठमाडौं, २१ माघ। कालिञ्चोक दर्शन लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा बढेकाे हाे ।
कम्पनीले पुस मसान्तसम्म १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा १५२.६८ प्रतिशतले धेरै हाे। गत आर्थिक वर्षमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।
कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी २ कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा १ कराेड २ लाख रूपैयाँबाट बढेर १ कराेड ४९ लाख रूपैयाँ रहेकाे छ।
कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ। नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




